fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ एनआरएनए विज्ञ सम्मेलन : कोरोना महामारीले कृषि क्षेत्र धराशायी

एनआरएनए विज्ञ सम्मेलन : कोरोना महामारीले कृषि क्षेत्र धराशायी

गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत भए ।

नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मर्निभर हुन सकेको छैन । उत्पादन घट्दै जाँदा कृषि क्षेत्रमै परनिर्भरता बढ्दै गएको छ । ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भए पनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको यसको योगदान बढ्न सकेको छैन । नेपालले बर्सेनि २ खर्ब रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ ।

डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताए । कृषिसँग सम्बन्धित दर्जनौं कार्यपत्र प्रस्तुत भएका थिए । राष्ट्रिय योजना आयोगको पूर्वसदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताइन् । कृषिमा प्रशस्त सम्भावना भए पनि उत्पादनमा जान नसकिएको उनको भनाइ छ । नेपालमा धेरै सम्भावना भए पनि धेरै आयात गर्नुपरेको अवस्था छ । कोभिडले समग्र अर्थतन्त्रमा असर पारिरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उनको भनाइ छ । ‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’ उनले भनिन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उनले बताइन् । ‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ।’ उनले बताइन् ।

मलको समस्या समाधान गर्न सरकारले नसकेको उनको भनाइ छ । प्रोडक्सन हाइ, कृषि पूर्वाधार तथा प्रविधि नभएका कारण कृषि आत्मनिर्भर हुन सकेको छैन । किसानको प्रवर्द्धन हुन नसक्दा चिन्तित भइरहेका छन् । ‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्थापन गर्न सके ठूलो उपलब्धि हुन्छ,’ उनले भनिन् । सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उनको भनाइ छ । कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उनको भनाइ छ । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ । कृषि पूर्वाधार बनाएर व्यापार घाटा कम गराउन सकिने उनले बताइन् ।

धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बताए । खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ । प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताइन् । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ । ‘खाना र पहिचान जोडिएर आउँछ । बच्चा जन्मेदेखि मृत्यु संस्कारसँग खानाको महत्व छ,’ उनले भनिन् ।

रबरविज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यवसायिक खेतीको सम्भावनाका प्रशस्त रहेको बताए । बर्सेनि ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको उनले बताए । ‘रबरबाट ५० हजार वस्तु उत्पादन गर्न सकिन्छ । रबर धानपछि दोस्रो बाली हो । २ प्रतिशत मात्रै स्वदेशी रबरले धानेको छ । ९८ प्रतिशत बाहिरबाट आउँछ । ११ अर्बको रबर आयात भएको छ । नेपालमा रबरको खेतीबाट रोजगार दिन सकिन्छ,’ उनले भने ।

प्रकाशित समय १५:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु