fbpx
corona information

गृहपृष्ठ कृषिमा दातृ सहयोगका १४ अर्बका आयोजना

कृषिमा दातृ सहयोगका १४ अर्बका आयोजना

agriculture-newskarobar

नेपालको कृषि क्षेत्रको विकासका लागि दाताहरूले वार्षिक १४ अर्ब रूपैयाँभन्दा बढीका आयोजनाहरू सञ्चालनमा छन्, तर देशभित्रको कृषि उत्पादन बढ्न नसक्दा वार्षिक साढे २ खर्ब रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्न बाध्य भइरहेको छ ।

नेपालको कृषि क्षेत्रको विकासका लागि विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), युरोपेली युनियन,आइफाडलगायतका दाताको १४ अर्ब २० करोड रूपैयाँभन्दा बढीको लगानीमा २८ वटा आयोजना र कार्यक्रमहरू सञ्चालनमा रहेको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी आईएमएफबाट विशेष कृषि उत्पादन कार्यक्रमका लागि ६ अर्ब ६४ करोड रूपैयाँ लगानी भयो । सोही कार्यक्रममा एडीबीले थप ३ अर्ब रूपैयाँ लगानी गरेको छ ।

यसैगरि, विश्व बैंक/आईडीएबाट १ अर्ब ९८ करोड, युरोपेली युनियनबाट १ अर्ब ३५ करोड, आईफाडबाट ७० करोड, स्विजरल्यान्ड/एसडीसीबाट ७० करोड ८९ लाख रूपैयाँ नेपालको कृषि क्षेत्रमा लगानी भएको छ । यस्तै, सार्क कोषबाट समेत ७३ लाख ६८ हजार रूपैयाँको लगानी भएको कृषि मन्त्रालयको विवरणबाट देखिन्छ ।

दाताका सहयोगमा चलेका प्रमुख कार्यक्रममा विशेष कृषि उत्पादन कार्यक्रम, लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना, कृषि क्षेत्र विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कृषि बजार विकास कार्यक्रम, किसानका लागि उन्नत बीउबिजन कार्यक्रमलगायत छन् ।

कृषि र किसानका नाममा हरेक वर्ष दातृ सहयोगमा यस्ता दर्जनौं आयोजनाहरू सञ्चालन भइरहे पनि कृषि क्षेत्रमा त्यसको वास्तविक उपलब्धि भने देखिने गरेको छैन । दातृ सहयोगमा चल्ने आयोजनाहरूको औसत अवधि पाँच वर्ष हुने गरेको छ ।

दाताका सहयोगमा चलाइएका कृषिसम्बन्धि आयोजना चलिञ्जेल ‘निकै उल्लेख्य उपलब्धि हासिल’ भएको प्रचारप्रसार गरिन्छ, तर आयोजना अवधि सकिनेवित्तिकै ती उपलब्धि कता हराउँछन्, किसानले समेत चाल पाउँदैनन ।

कृषिका मुख्य सिजनमै रसायनिक मल नपाउँदा किसानहरू पीडित हुने गरेका छन् भने कृषि मन्त्रालयले भने उल्टै कृषि उत्पादन बढेको विवरण सार्वजनिक गरिरहँदा त्यसका विश्वसनीयतामाथि प्रश्न उब्जेको छ ।

प्रकाशित समय १६:४९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु