fbpx
corona information

गृहपृष्ठ ठोरीका कृषकलाई १६ सय आँपका बिरुवा वितरण

ठोरीका कृषकलाई १६ सय आँपका बिरुवा वितरण

पर्साको ठोरी गाउँपालिका ३ बुद्धनगरका कृषकलाई १ हजार ६ सय आँपका बिरुवा वितरण गरिएको छ । बुद्धनगर फलफूल उत्पादक कृषि समूह तथा बुद्धनगर कृषि तथा फलफूल सहकारी संस्थाको सहकार्यमा कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको हो ।

परम्परागत कृषकलाई फलफूलखेतीतर्फ आकर्षित गर्न बिरुवा वितरण गरिएको समूहका अध्यक्ष भवनाथ घिमिरेले जानकारी दिए । कृषकलाई दलमा आँपका बिरुवा १ हजार, डंका आँपका बिरुवा ४ सय र २ सय आम्रपाली आँपका बिरुवा वितरण गरिएको छ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले कृषि समूह र कृषि सहकारीलाई आँपका बिरुवा उपलब्ध सहकारीका अध्यक्ष हेमराज बम्जनले बताए । एक बिघा जमिनमा ४० देखि ४५ वटा आँपका बिरुवा रोप्न सकिन्छ । फलफूलका बिरुवा रोपिएको जमिनको खाली भागमा अदुवा र बेसारखेती गर्न मिल्ने कृषक बताउँछन् ।

यमबहादुर नेपाली, देवी शिवाकोटी, रामबहादुर खड्का, विष्णु घिमिरे, शम्भु खड्का, मणि घिमिरेलगायतका २० भन्दा बढी कृषकले बिरुवा लगेको र करिब ४० बिघाहाराहारीमा आँपखेती हुने सहकारीका अध्यक्ष बम्जनले जानकारी दिए ।

प्रकाशित समय १६:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु