fbpx
corona information

गृहपृष्ठ पोखरामा व्यावसायिक कालिजपालन, डेढ किलोलाई ४ हजार

पोखरामा व्यावसायिक कालिजपालन, डेढ किलोलाई ४ हजार

कालिजका हुल हेर्दा कुनै पंन्छी संरक्षण क्षेत्र जस्तो लाग्छ । तर यो दृश्य कुनै निकुञ्ज वा पन्छी संरक्षण क्षेत्रको भने पक्कै होइन । यो पोखराको बूढीबजारमा रहेको व्यावसायिक कृषि फार्मको हो ।

वन्यजन्तु संरक्षण ऐनअन्तर्गत जंगलमा पाइने पशुपन्छीको व्यावसायिक पालन गर्न पाइँदैन । तर, सरकारले केही जातका कालिज व्यावसायिक पालन गर्न छुट दिएपछि नेपालमा पनि व्यावसायिक फार्म सुरु भएका छन् । कालिज फार्म निकै लोकप्रिय पनि हुँदै गएको छ ।

यस्तै एक उदाहरणीय फार्म हो, पोखरा‑२६ बूढीबजार गुदेतालनजिक कुनो एकीकृत कृषि फार्म प्रालि । उक्त फार्मले गत वर्षदेखि कालिज व्यवसाय सुरु गर्न थालेको हो । विगतमा फार्मले फ्रान्सबाट अण्डा ल्याएर ह्याचिङ गर्ने गरेको थियो । अहिले फार्मले व्यावसायिक चल्ला उत्पादन पनि सुरु गरेको उनले जानकारी दिए ।

बजारमा कालिजको माग बजारमा बढेसँगै आफू यस पेसाप्रति आकर्षित भएको सञ्चालक प्रकाश कोइराला बताउँछन् । उनले भने, ‘कालिजको माग बजारमा बढिरहेको अवस्थामा दैनिक बिक्रीसँगै विभिन्न होटलबाट पनि माग भइरहेको छ ।’

विशेष खालका दाना खाने कालिज १८ हप्तामा मासुका लागि तयार हुन्छन् । डेढ किलोसम्मको तौल हुने एउटा कालिज ४ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । आहिले उक्त फर्ममा ४५० कालिज रहेका छन् ।

प्रकाशले गुदेतालनजिक कालिजका विभिन्न प्रकारका खाना खान चाहनेका लागि कुनो रेस्टुराँ पनि सञ्चालनमा ल्याएका छन् । उनले हाल ८ रोपनी जग्गामा फार्म सञ्चालन गरेका छन् । यही वर्ष क्षेत्र विस्तार गरेर २२ रोपनी पुर्‍याउने उनको योजना छ । माग उच्च रहेकाले पूरा गर्नसमेत समस्या हुने कोइरालाले बताए ।

प्रकाशित समय १४:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु