fbpx
corona information

गृहपृष्ठ गरिमा धान पीडित किसान आन्दोलनमा, कृषिमन्त्रीलाई ज्ञापनपत्र

गरिमा धान पीडित किसान आन्दोलनमा, कृषिमन्त्रीलाई ज्ञापनपत्र

गरिमा र सिन्दुरी धान खेती गरेर ठूलो क्षति व्यहोरेपछि राहतको पखाईमा बसेका किसानहरु आन्दोलनमा उत्रिएका छन् । क्षतिपूर्ति नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिकाका किसानहरु बुधबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सुदुरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । स्थानीय निकाय तथा प्रदेश सरकारलाई पटक-पटक गुहार्दासमेत क्षतिपूर्ति नपाए पछि आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ छ।

क्षतिपूर्तिको पर्खाइमा बसेको ४ महिना १० दिन बितिसक्दा पनि सरकारबाट सुनुवाई नभएको उनीहरुले गुनासो गरेका छन् । गौरीगंगा नगरपालिकामा मात्रै ४ सय ३८ जना किसानको ४ हजार १ सय ३२ कठ्ठामा लगाएको सिन्दुरी र गरिमा धानमा दाना नलाग्दा क्षति व्यहोरेका थिए । सरकारले नक्कली बीउ बेच्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने किसानहरुको माग छ ।

बीउविजन गुणस्तर नियन्त्रण केन्द्रले क्षतिको विवरण संकलन गरेको बताए पनि अहिलेसम्म सरकारले कुनै राहात र क्षतिपूर्ति उपलब्ध नगराएको पीडित किसानहरुको आरोप छ । आन्दोलन उत्रिएका पीडित किसानहरुले मन्त्रालयअगाडि नाराबाजीसमेत गरेका थिए ।

क्षतिपूर्तिका लागि अब पनि ढिला भएमा थप आन्दोलनमा जाने किसान संघर्ष समितिका संयोजक दुर्गा ढकालले चेतावनी दिए ।

ज्ञापनपत्र बुझ्दै कृषिमन्त्री विनीता चौधरीले सबै किसानको क्षतिको तथ्यांक लिइसकेकाले सरकारले क्षतिपूर्तिसँगै कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको बताइन् । सबै प्रदेशमा भएका समस्यालाई समाधान गर्न संघीय सरकार र प्रदेश सरकार लागिरहेकाले छिटोभन्दा छिटो पहल गर्न अनुरोध भइरहेको मन्त्री चौधरीको भनाइ छ ।

प्रकाशित समय १९:१५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु