fbpx
Nepal Mediciti

गृहपृष्ठ गाउँपालिकाको सहयोगमा स्याउ रोप्दै हेलम्बु

गाउँपालिकाको सहयोगमा स्याउ रोप्दै हेलम्बु

सांकेतिक तस्बिर

सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा उत्पादन भएको स्याउले कुनै समय अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो । रोगले सबै स्याउका बोट मरेपछि हेलम्बु गाउँपालिकाले बिरुवा लगाउने र स्याउ बगैँचालाई पुरानै अवस्थामा फर्काउने अभियान चलाएको छ । कुनै समय हेलम्बुमा उत्पादन भएको गोल्डेन जातको स्याउ बिक्रीका लागि राजधानी काठमाडौँ पुर्‍याइन्थ्यो ।

यहाँका अधिकांश किसानले भारतमा रोजगारीका लागि जाने र फर्कने बेला कस्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । रोपेको केही वर्षपछि झ्याउजस्तै लहराले गर्दा सबै स्याउको बोट सुके । हेलम्बुलाई पुरानै परिचयमा फर्काउन अहिले गाउँपालिकाले अभियानकै रुपमा स्याउका बिरुवा रोप्ने अभियान चलाएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिकाले ४ लाख रूपैयाँ लगानी गरी गोल्डेन बेलिसेस फुजी, गाला तथा मनाङ एग्रो प्रजातिका स्याउका बिरुवा ल्याएर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको छ । लामो समयदेखि स्याउखेतीमा लागेका वडा नं १ का रेन्जेन ह्याल्मोलाई यो पेसामा फेरि आशा पलाएको छ । (रासस)

प्रकाशित समय १२:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु