fbpx
Nepal Mediciti

गृहपृष्ठ दोदा नदीले चार बिघा जग्गा कटान गरेपछि किसान चिन्तत

दोदा नदीले चार बिघा जग्गा कटान गरेपछि किसान चिन्तत

कञ्चनपुरको लालझाडी गाउँपालिका-४ सिकलपट्टी जाईका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।

नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उनले भने, ‘तत्काल जग्गा कटानको कार्य नरोकिए बस्ती नै विस्थापनमा पर्छ ।’

नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताए । ५ सय मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले पानी पर्दा स्थानीय बासिन्दा राति जाग्राम बस्न थालेका छन् ।

नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताए । उनले भन्नुभयो, ‘थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घर नै बगाउने चिन्ता छ ।’ गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउन स्थानीयले माग गरेका छन् ।

नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुगेएका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताए । तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुंगाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ । नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २ सय बिघाभन्दा बढी जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ । (रासस)

प्रकाशित समय ११:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु