fbpx

गृहपृष्ठ क्वारेन्टाइनमा फेरि निहुँ खोज्दै भारत

क्वारेन्टाइनमा फेरि निहुँ खोज्दै भारत

सचिवस्तरीय बैठक गर्न लेख्यो पत्र

Border_NewsKarobar

हालै नेपालमा विषादी र क्वारेन्टाइन परीक्षणपछिमात्र विदेशबाट तरकारी तथा फलफूल आयात हुने व्यवस्था लागू भएपछि भारतले पुनः निहुँ खोजेको छ । यसअघि भारतीय दूतावासमार्फत नेपाललाई ठाडो निर्देशन दिएर परीक्षण रोकाउन सफल भएको भारतीय संस्थापन पक्षले सर्वोच्च अदालतका आदेशपछि सुचारु भएको क्वारेन्टाइन परीक्षण पुनः रोक्न फेरि अर्को चाल चलेको छ ।

डाउन टू अर्थ नामक भारतीय अनलाइनका अनुसार त्यहाँको  केन्द्रीय कृषि और किसान कल्याण मन्त्रालय (एमएएफडब्लू) ने क्वारेन्टाइनसम्बन्धी मुद्दामा नेपालसँग सचिवस्तरीय संयुक्त बैठकका लागि पत्राचार गरेको छ ।

बिहारमा जुन १७ बाट फैलिएको ‘एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम’को प्रकोपपछि नेपालका भन्सार विन्दुमा क्वारेन्टाइन परीक्षण  प्रमाणपत्र जारी गर्न असफल भएपछि नेपालले तरकारी र फलफूल रोकेको आरोप भारतीय पक्षको छ, जबकी नेपालले आफ्नो राष्ट्रिय हित संरक्षणका लागि केही वस्तुमाथि आंशिक परिणात्मक बन्देज घोषणा गर्ने क्रममा यो निर्णय गरेको थियो ।

सरकारले २ असारमा राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवषेश परीक्षण अनिवार्य गरेको थियो ।

उक्त निर्णयलगत्तै विषादी परीक्षणपछी तरकारी र फलफूल आयात हुन दिइरहेको भए पनि भारतमै क्वारेन्टाइन परीक्षण विफल हुन थालेपछि क्वारेन्टाइन प्रमाणपत्रसमेत लिने निर्णय गरिएको डाउन टू अर्थले लेखेको छ ।

हाल नेपालका  विर्तामोड, सर्लाही, कालीमाटी, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरियामा रहेका विषादी परीक्षण केन्द्रबाट विषादी परीक्षण हुँदै आएकोमा सरकारले सात वटै प्रदेशका प्रमुख भन्सार विन्दुमै क्वारेन्टाइन र विषादी परीक्षण केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ ।

भारतको कृषि मन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर नेपालले हाल गर्दै आएको सबै परीक्षण रोकेर भारतीय प्रमाणपत्रकै आधारमा तरकारी र फलफूल प्रवेश दिलाउनका लागि सचिवस्तरीय बैठक बोलाउन भनेको हो । भारतले आफ्नो नेसनल एक्रेडियसन बोर्ड अफ टेस्टिङ एन्ड क्लालिब्रेसन ल्याबरोटोरिज (एनएबीएल)का प्रमाणपत्रकै आधारमा नेपालमा कुनै परीक्षणबिना तरकारी र फलफूल आयात गर्न दिनुपर्ने दबाब दिएको छ ।

यद्यपि भारतमा अहिले फल आर्मीवार्म, रगोज सर्पिलिंग व्हाइटफ्लाइजस्ता नयाँ र घातक प्रजातिका किराहरूले फलफूल र बाली नष्ट गरिरहेकोले भारतीय क्वारेन्टाइन प्रणालीमाथि नै प्रश्न उब्जिएको छ । यी किराहरू भारत हुँदै नेपाल पनि प्रवेश गरिसकेका छन् ।

 

प्रकाशित समय १२:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु