fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ धनुषा र महोत्तरीमा मल अभाव, उत्पादन घट्ने चिन्ता

धनुषा र महोत्तरीमा मल अभाव, उत्पादन घट्ने चिन्ता

mal_newskarobar

धनुषा र महोत्तरीका किसानहरु मल नपाएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका छन् ।

धनुषा र महोत्तरीमा वर्षेनी ७१ हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आए पनि मल नपाएपछि किसान मारमा परेका हुन् । खेतीका लागि डीएपी, युरिया, पोटासलगायत ६५ हजार मेट्रिकटनभन्दा बढी मलको माग छ । तर, कृषि सामग्री कम्पनीले मागको २० प्रतिशत पनि मल उपलब्ध गराउन सकेको छैन ।

सिंचाइको अभाव झेलिरहेको समयमा मलको पनि अभाव खेप्नुपर्दा आजित बनेको स्थानीय किसान उपेन्द्र साहले बताए । डिलरवालाहरुको बदमासीका कारण आफूहरु मारमा परेको कृषक राजदेव दासको भनाइ छ । दासले डिलरमा मल मौज्दात रहेपनि आफूहरुलाई नदिइ कालोबजारी गरी बिक्री गर्ने गरेको गुनासो गरे ।

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले मल मौज्दात नरहेका कारण समस्या निम्तिएको बताए । साहले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले साउन २५ गतेपछि सहज रुपमा मल उपलब्ध गराउन सक्ने जानकारी दिए ।

प्रकाशित समय १६:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु