fbpx

गृहपृष्ठ कृषिमन्त्रीले भने- विषादी परीक्षण रोकिएको छैन

कृषिमन्त्रीले भने- विषादी परीक्षण रोकिएको छैन

chakrapani-khanal-newskarobar

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोकिएको स्पष्ट पारेका छन् । राजधानीमा आयोजित कार्यक्रममा मन्त्री खनालले भने, ‘विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको छ ।’

नेपालमा भएका विषादी परीक्षण ल्याबहरुको क्षमता कमजोर रहेको स्वीकार्दै उनले ती ल्याबलाई छिट्टै स्तरोन्नति गरिने जानकारी दिए । भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने उनको भनाइ छ । मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए ।

भारतीय दूतावासले विषादी परीक्षण नगर्न दबाबमूलक पत्र पठाएपछि असार १९ गतेको मन्त्रिपरिषद बैठकले प्राविधिक क्षमता नभएको भन्दै ६ महिनाका लागि विषादी परीक्षण कार्य स्थगन गरेको थियो ।

प्रकाशित समय १३:२१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु