fbpx
Nepal Mediciti

गृहपृष्ठ मोरङमा पाउँदैनन् महिलाले पुरुषसरह ज्याला

मोरङमा पाउँदैनन् महिलाले पुरुषसरह ज्याला

कृषकलाई वर्षे धान थन्क्याउन भ्याइनभ्याई

dhan-biratnagar-newskarobar1

मोरङका सीमावर्ती दक्षिणी गाउँ तथा नगरपालिकामा यतिबेला कृषकलाई वर्षे धान थन्क्याउन भ्याइनभ्याई भएको छ । माघ महिनामा रोपेर जेठ अन्तिम साता काटिने धान थन्क्याउन कृषकलाई भ्याइनभ्याई भएको हो ।

मोरङका कटहरी, ग्राम थान, धनपाल थान गाउँपालिका, रंगेली, सुनवर्सी, रतुवामाईलगायतका नगरपालिकामा कृषक जेठको प्रचण्ड गर्मीमा पनि बाली भित्र्याउन व्यस्त छन् । दक्षिणी भेगमा यतिबेला सयौं बिघा खेतमा पहेँलै धान पाकेको देखिन्छ । खेतमा फलेको धान थन्क्याउन कृषक तथा खेतला यतिबेला धान काट्न, ओसार्न र दाइँ गरेर भित्र्याउन व्यस्त छन् ।

वर्षा सुरु हुनुअगावै धान थन्क्याइसक्नुपर्ने भएकाले खेतमा काम गर्ने कृषक र कृषि मजदुरलाई भ्याइनभ्याई भएको मोरङको रंगेली नगरपालिकाकी पार्वती सरदारले बताइन् । उनले सरकारले तोकेअनुसारको दैनिक ज्याला पाउनुपर्ने भए पनि आफूहरुले नपाउने गरेको गुनासो गरिन् । उनले भनिन्, ‘यतिबेला वर्षे धान पाकिसकेकाले ज्यालामा काम गर्ने हामीलाई पनि रोजीरोटीको अवसर त प्राप्त भएको छ तर हामीले निकै कम ज्याला पाउँछौँ । त्यसमा पनि पुरुष र महिलालाई समान ज्याला छैन ।’

dhan-biratnagar-newskarobar

उनले धान रोप्दा वा काट्दा आफूहरुलाई दिनको एक सय रुपैयाँ दिइने गरेको र पुरुषलाई ३ सय रुपैयाँ दिने गरेकोे गुनासो गरिन् । उनले भनिन्, ‘एउटै काम हामीले सय पाउँछौँ, छोरा मान्छेले ३ सय । यो त अन्याय नै भयो नि ।’

तराईका अधिकांश ठाउँमा कृषकले माघमा रोपेको धान जेठमा काटेर पुनः असार धानबाली लगाउने गरेका छन् । उनीहरुले धुटराज, बाँस, मनसुली, राधा १२ लगायत प्रजातिका धान रोप्ने गरेका छन् ।

रंगेलीका २५ वर्षीय भरत राजवंशीले एक वर्षमा धानबाली दुई पटक लगाउने गरेको जानकारी दिए । उनीहरु २० वर्षदेखि ३ बिघा खेतमा दुई बाली धान लगाउँदै आएका छन् । उनले युरिया मलको प्रयोगका कारण माटो बिग्रिएकाले अन्य बाली नफस्टाउने बताए । ‘३ बिघामा ३ सय मन धान फल्छ, अरु बाली खासै फल्दैन,’ राजवंशीले भने ।

dhan-biratnagar-newskarobar2

प्रकाशित समय १८:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु