fbpx
Nepal Mediciti

गृहपृष्ठ कृषि पत्र पाक्षिक पत्रिका र डिजिटल अनलाइन सुरु

कृषि पत्र पाक्षिक पत्रिका र डिजिटल अनलाइन सुरु

कृषि पत्रकार समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाइन कृषि पत्र डट कमको शुभारम्भ गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पत्रिकाको विमोचन र अनलाइनको शुभारम्भ गरेकी हुन ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले प्रदेशका सबै स्थानिय तह, वडाहरुमा पत्रिका पु¥याउनको लागि आग्रह गर्दै विशिष्टकृत पत्रकारिताको रुपमा कृषि पत्र आउनु आफैँमा गौरवको विषय भएको बताईन् । उनले वास्तविक कृषक र सरकारकाबीचमा पुलको कामा गर्नको लागि कृषि पत्रकार समाजलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का कार्यवाहक अध्यक्ष भरत केसीले सरकारी नीति नियमको अनविज्ञताको कारण पछाडी परेका कृषकहरुलाई जागरण पैदा गर्ने खालको अभियान कृषि पत्र सक्रिय हुुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव योजना तथा अनुुगमन महाशाखा प्रमुख विनोद घिमिरेले कृषि पत्र नीति निर्माण गर्ने निकाय देखि स–साना कृषकहरुकोे सारथी बन्ने सक्नुपर्ने बताएका थिए ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्री परिष्दको कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीले कृषकको वास्तविक समस्या, उनीहरुको आवाज, प्रविधिका कुरा, कृषककोे आवश्यकतको विषयमा लेख्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले प्रविधि, बीऊ बिजन, कृषकका समस्याको विषयमा उजागर गर्ने खालको समाचार ल्याउन सुझाव दिए । कार्यक्रममा बोल्दै कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालले कृषि पत्रलाई हाल पाक्षिक रुपमा प्रकाशन गर्ने निकट भविश्यमा साप्ताहिको रुपमा अगाडी बढाउने समेत लक्ष्य लिएको बताए ।

प्रकाशित समय १२:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु