fbpx
Rashifal Ad
NIC ASIA- magh 1

गृहपृष्ठ अाजकाे राशिफल

आजको राशिफल

aajako-rashifal-newskarobar

आजकाे पञ्चाङ्ग : आज मिति २०७६ साल माघ १४ गते मंगलबार तदनुसार २८ जनवरी सन् २०२० श्रीशालिबाहनीय श्रीशाके संवत् १९४१ नेपाल संवत् ११४० –(सिल्लाथ्व) तथा परिधावीनाम संवत्सर, माघ शुक्लपक्ष – चतुर्थी तिथि अहोरात्र रहनेछ । नक्षत्र – शतभिषा बिहान ८ बजेर १० मिनेटसम्म रहनेछ । योग – परिध ४९ घटीका १० पला, करण – वणिज ३१ घटिका ४८ पला, योगा – मृत्यु चन्द्रमा – कुम्भ राशिमा हुनेछ । सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३९ मिनेटमा हुनेछ । आज तिलकुन्द चौथी ।

आजको दिन तपाईंलाई शुभ देखिएको छैन । खर्च बढेर जानेछ । स्वास्थ्यमा पीडा हुनेछ । भाग्यको चोरी हुनेछ । साथीभाइ, इष्टमित्रमा केही मनमुटाव आउनेछ तथा मनमा वैराग्यको भावना उव्जिनेछ । शुभ अंकहरु – ५, ७ र ९ शुभ रङहरु – हलका रातो, नीलो, रेशमी सेतो र पहेँलो । ... more

सामान्यतः दिन शुभ देखिन्छ । आफन्त सुख मिल्नेछ । केही कम बोल्नुपर्ने दिन छ । आर्थिक लेनदेनमा होसियारी हुनुपर्नेछ । मन प्रफुल्ल रहनेछ तथा यात्रा सफल रहनेछ । शुभ अंकहरु – ६, ८ र १ शुभ रङहरु – हरियो, गाढा रातो र कालो । ... more

सामान्य दिन छ । शिरमा दर्द हुनेछ । घरपरिवारसँ विछोड हुनेछ । साथीभाइका कारण समस्यामा परिनेछ । बिहानको समय केही सुखानुभूतिको रहनेछ तथा आर्थिक पक्ष केही कमजोर रहनेछ । शुभ अंकहरु – ७, ९ र १ शुभ रङहरु – नीलो, पहेँलो र कालो । ... more


सामान्य भाग्यदायी दिन छ । शुभ फल मिल्नेछ । स्वास्थ रहिनेछ । आफन्त सुख मिल्नेछ । नजिकको यात्रा हुनेछ तथा मानसिक तनावमा कमी आउनेछ । शुभ अंकहरु – ८, १ र ९ शुभ रङहरु – गाढा रातो, गाढा कालो र पहेंलो । ... more

आजको दिन तनावमय देखिन्छ । समस्यामा परिनेछ । चिसोबाट जोगिनुपर्नेछ । महिला साथीहरुबाट आलोचित भइनेछ । अपमानित भइनेछ । कार्यमा बाधा आउने तथा समस्यासँग जुध्नुपर्नेछ । शुभ अंकहरु – ९, २ र १ शुभ रङहरु – पहेँलो, कालो र रातो । ... more

लोकप्रिय हुने दिन छ । प्रशंसाको पात्र बनिनेछ । विपरीतलिंगीबाट सहयोग मिल्नेछ । वाणीमा स्पष्टता आउनेछ । साथीभाइमा प्रभुत्व बढेको अनुभव हुनेछ । टाढाको यात्रा हुनेछ तथा मनोरञ्जनमा दिन बितेर जानेछ । शुभ अंकहरु – २, १ र ७ शुभ रङहरु – गाढा कालो, पहेँलो, रेशमी सेतो र नीलो । ... more


सामन्य दिन छ । विरोधीहरु पराजित हुनेछन् । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ । आफन्तसँगको सम्वन्धमा भने समस्या देखापर्नेछ । साथीभाइमा सामान्य मनमुटाव आउनेछ तथा निरासापन छाउनेछ । शुभ अंकहरु – २, ९ र २ शुभ रङहरु – कालो, पहेँलो, रेशमी सेतो र नीलो । ... more

प्रशंसायोग्य दिन छ । बुद्धी र विवेकको सही सदुपयोग गरिनेछ । दाँत र आँखामा सामान्य कष्ट हुनेछ । कुलतमा परिन सक्छ । भोज पार्टीमा सरिक हुनुपर्ने तथा आफन्तसँग दिनभरि नै सुमधुर सम्बन्ध बन्नेछ । शुभ अंकहरु –३ र २ शुभ रङहरु – पहेँलो र नीलो । ... more

त्यति उत्कृष्ट दिन छैन । सामान्य चोटपटकमा परिनेछ । स्वास्थ्य उपचारमा खर्च हुनेछ । आफन्तहरुमा मनमुटाव हुनेछ । कार्यमा ढिलासुस्ती तथा मानसिक तनाव बढेर जानेछ । शुभ अंकहरु – १, ३ र ९ शुभ रङहरु – रातो, हरियो र हल्का पहेँलो । ... more


मिश्रित खालको दिन छ । मध्याह्नपछिको समय खर्चदायी रहनेछ । वौद्धिकताको गलत प्रयोग गरिनेछ । निकै चनाखो बन्नुपर्नेछ । आर्थिक नोक्सानी हुनेछ । मनमा त्रास बढ्नेछ तथा अनियमित भोजन हुनेछ । शुभ अंकहरु –३, ५, ७ र २ शुभ रङहरु –हरियो, हल्का रातो, नीलो र रेशमी सेतो । ... more

शुभ दिन छ । साथीभाइ र इष्टमित्रको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगीबाट लाभ मिल्नेछ । कार्यमा भएको ढिलासुस्ती हटेर जानेछ । मनमा एक किसिमको उत्साह बढेर आउनेछ तथा काममा विलम्ब भए पनि पूर्णाता मिल्नेछ । शुभ अंकहरु –७, ४ र १ शुभ रङहरु – नीलो, सेतो र कालो । ... more

शुभ फल मिल्नेछ । बाणीमा मधुरता आउनेछ । विपरीतलिंगीसँगको सम्वन्ध सुमधुर रहनेछ । यात्रामा सफलता मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ तथा कार्यमा सफलता मिल्नेछ । शुभ अंकहरु –४, ३, ८ र ९ शुभ रङहरु – हल्का सेतो, हरियो, रातो र पहेँलो । ... more