गृहपृष्ठ धनगढी पुगेर देउवाले भने– वाइडबडीमा म संलग्न छैन

धनगढी पुगेर देउवाले भने– वाइडबडीमा म संलग्न छैन

sherbahadur-deuba-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् । धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए ।

विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको देउवाको दाबी छ । ‘मेरो पालामा वाइडबडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,’ उनले भने । तर, २०७४ साउन ११ गते वाइडबडीबारे निर्णय हुँदा पर्यटन मन्त्रालयको नेतृत्व तत्कालीन प्रधानमन्त्री देउवाले नै गरेका थिए ।

सभापति देउवाले महासमिति बैठकपछि पार्टी एकढिक्का भएको दाबी गरे ।

यो पनि पढ्नुहोस्

वाइडबडीमा बरु देउवा संलग्न हुनसक्छन्, म छैन ः जितेन्द्र देव

प्रकाशित समय २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु